
फाइल ।
काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएका वातावरणप्रेमीहरूले खुसी व्यक्त गरेका छन् ।
उनीहरूले सर्वोच्चको आदेशले पर्यावरण संरक्षणमा सहयोग पुगेको भन्दै बाराको निजगढमा र्याली निकालेका छन् ।
बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो ।
अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारलाई भनेको छ ।
यसैबीच सर्वोच्चको आदेशको विरोधमा माइतीघर मण्डलामा निजगढवासीले आजै विरोध कार्यक्रमको आयोजना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्