१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कारागारमा मृत भेटिएका बन्दीको घटना छानविन गर्न समिति गठन


247
Shares

काठमाडौं । गृह मन्त्रालयले रोल्पा कारागारमा झुन्डिएको अवस्थामा भेटिएका बन्दी सुन्दर हरिजनको मृत्युबारे छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रालयले कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजक्तवमा समिति गठन गरेको हो ।

समितिलाई घटना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । समितिको प्रतिवेदनपछि घटनाबारे सत्यतथ्य उजागर हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने बताउनुभयो ।