२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदृढ राष्ट्रिय एकताको खाँचो छ: सभामुख


78
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधान अनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएकाे छ ।

१५ औंं गणतन्त्र दिवसका अवसरमा आज (आइतबार) शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताउनुभएको छ । गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवम् सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने उहाँको जोड छ ।

राज्य संयन्त्रमा भएका परिवर्तन सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक रहेको उहाँले बताउनुभएको छ ।