
कपिलवस्तु । भारतबाट पैठारी गरेको ग्याँस चुलोको ट्रकमा करोडौंका कपडा बरामद गरिएकाे छ।
बिहिबार भारतबाट नेपाल ल्याउने क्रममा शंकाको घेरामाराखी शनिबार चेकजाच गर्ने क्रममा करोडौंको कपडा भेटिएको हो ।एजेन्टले ट्रकमा ग्याँस चुलो रहेको भन्दै प्रज्ञापन गराउदा शंका लागेपछि भन्सार कार्यालयको यार्डमा चेक जाँच गर्दा २ सय ५० ओटा ग्याँस चुलो र २ सय २ पोका मंहगा कपडा बरामद भएको छ ।
भन्सार छलीगरि भित्र्याउन लागिएको करोडौंको कपडा शुलभ इन्टरप्राइजेज काठमाडौंको नाममा २७ सय १० पिसको कुल १० लाख ८४ हजारको मात्र बिलिङ्गमा भारतीय कस्टम को इक्जिम कोड १२७५११६७००१५० एनपी बाट निकासी गरिएको थियो । भारतमा कस्टम गर्दा ग्याँस चुलो नै थियोे । तर कृष्णनगर भन्सारमा भएको कपडा बरामदका विषयमा आफूलाई जानकारी नभएको सिएचए (कस्टम एजेन्ट) ले बताएका छन् ।
संचारकर्मीहरुले कस्टम सुपरिटेन्डेन्ट पियुष पाण्डेसँग साेधपुछ गर्दा आफ्नो कमजोरी लुकाउदै केही बोल्न नमानेको र साथै कस्टमका विषयमा कुनैपनि जानकारी लिन माथिल्लो निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन् । कुनैपनि मालवाहक गाडी नेपालमा पैठारी हुँदा भारतको कस्टम गरिसकेपछि एसएसबीले पनि चेकजाँच गर्ने गर्छ । त्यसपछि बार्डर कस्टम निरीक्षकले पनि जाँचगरि मात्र नेपाल भित्रिने गर्छ । तर कस्टम लगायत अन्य निकायहरुको लापरवाहीले करोडौंको कपडा ग्याँस चुलोकै नाममा कस्टम गरि नेपाल पठाइयो।
भारतीय कस्टमले त्यस्तै लापरबाही गर्छ भने आगामी दिनमा कुनै बिस्फोटक पदार्थ नेपाल भित्रिनेछ र दुई देशबीचको सम्बन्धमा असर पर्न सक्ने स्थानीयले बताएका छन् । कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले राज्यको लाखौंको राजस्व छली हुनबाट जोगिनुका साथै हामी पनि ठूलो दुर्घटनाबाट जोगिएको बताउनुभयो । उहाँले भन्सार यार्डसम्म पुगेको अवैध कपडा अहिले हाम्रो नियन्त्रणमा रहेको र सबै प्रक्रिया पूरागरि २ सय प्रतिशत जरिवाना लगाइने बताउनुभएकाे हाे। हक दावी नभएमा लिलाम गर्न सकिने पनि उहाँले बताउनुभयो ।
भन्सार अधिकृत विकास उपाध्यायले बिहिबार साँझ २७ सय १० गोटा ग्याँस चुलोको कस्टमका आधारमा एच आर ५५ ए ५६४८ भारतीय ट्रक प्रज्ञापन गराउन आउदा शंकाका अधारमा चेकजाँच गरेपछि नै पैठारी गर्न यार्डमा थन्काइयो । पछि चेकजाँच गर्दा ग्याँस चुलोको ट्रकमा अनुमानित करोडौंका कपडाहरु बरामद गरिएको थियो। जसको अनुसान्धान भइ कार्यबाही अगाडि बढाइने उहाँले बताउनुभयो ।
शुलभ इन्टरप्राइजेज अमित कुमार धोबीको नाममा दर्ता रहेको र अवैध कपडाको प्राज्ञापन विरेन्द्र यादवको नाममा रहेपनि पास गराउना दिनेश चौहानले लगेको कृष्णनगर भन्सारले जनाएको छ । भन्सारले नियन्त्रणमा लिएको कपडा कृष्णनगरकै कपडा व्यवासायी सुरेका कन्सर्नको रहेको र काठमाडौंमा रहेका डिलरलाई पठाउन लागिएको थियो ।
शुलम इन्टरप्राइजेज सुरेका कन्सर्नको नजदिकी मन्छेको नाममा दर्ता भई काठमाडौंको कपडा डिलरहरूसँग भारतीय कपडाको थोक व्यावसाय गर्न लगिएकाे स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्