
काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको सम्पर्क बिहीन ट्वीटअटर विमान खोज्न काठमाडौं र पोखराबाट हेलिकोप्टर पठाइएको छ ।
पोखराबाट फिस्टेल एयरको हेलिकप्टर जोमसोम गएको र जोमसोमबाट टुकुचे र धौलागिरी आसपास क्षेत्रमा खोजी गर्ने प्रयास गरिएपनि प्रतिकूल मौसमका कारण खोजी कार्यमा अवरोध भएको नागरिक उड्ड्यन कार्यालय पोखराले जनाएको छ । यसैगरी काठमाडौंबाट पनि एमआई हेलिकोप्टर जोमसोम पठाइएको छ ।
आज (आइतबार) बिहान ९ः५५ बजे पोखराबाट उडेको तारा एयरको नाइन एनएइटी ट्वीनअटर विमान घोडेपानी माथिसम्म पुग्दा सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क बिहीन भएको थियो । बिमानमा १३ जना नेपाली नागरिक,४ जना भारतीय,२ जना विदेशी पर्यटक र ३ जना चालक दलका सदस्य गरी २२ जना रहेका छन् ।
चालक दलका सदस्यमा क्याप्टेन प्रभाकर घिमिरे,सहचालक उत्सव पोखरेल र परिचारिका क्रिष्टी थापा रहेका तारा एयरस्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्