१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश र संघको निर्वाचनमा जुट्न कार्यकर्तालाई अध्यक्ष लिङदेनको निर्देशन


65
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष लिङदेनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको भन्दै त्यसको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टी स्थापना दिवसको अवसर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई नरहेको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदाएको सन्देश दिन सफल भएको दावी गर्दै अध्यक्ष लिङदेनले अब प्रदेश र संघको निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न सिंगो पार्टी पंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङदेनले सत्तारुढ र प्रतिपक्ष दल आवद्ध दुई छुट्टाछुट्टै गठबन्धनको चपेटाको बीचमा पनि पार्टीको तर्फबाट विजयी हुन सफल जनप्रतिनिधिहरु बधाइको पात्र भएको भन्दै उनीहरुको कार्यकालको सफलताको पनि शुभकामना व्यक्त गर्नुभयो ।