२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण’ पेश


78
Shares

काठमाडौं । सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेश गरेको छ ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गर्नुभएको हो ।

यसअघि बैठकले सांसदहरु अनिता देवकोटा, देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, मदनकुमारी साह गरिमा, प्रमिला कुमारी र शेखर कुमार सिंह रहनु भएको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो कार्यव्यवस्था परामर्श समिति पुनर्गठनका लागि प्रस्ताव गर्नु भएका सांसदहरुको नामावलीमा बैठकले सहमती जनाएको हो ।

राष्ट्रियसभाको अर्को बैठक आजै साँझ साँढे ६ बजेका लागि बोलाइएको छ ।