१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गणतन्त्र दिवसमा रक्तदान


234
Shares

स्याङ्जा । स्याङ्जाको वालिङमा गणतन्त्र दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

क्षेत्रिय रक्त संचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो ।

सामाजिक कार्यमा सक्रिय क्लबले गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा वालिङमा निःशुल्क डायलाईसिस सेवा प्रदान गर्दै आएको छ ।

डायलाईसिस सेन्टरमा दुई चरणमा ३७ जनाले निशुल्क डायलाईसिस गराइरहेका छन् ।

४८ जनाको क्षमता रहेको सेन्टरमा स्याङ्जाको दक्षिण भेग र छिमेकी जिल्ला पर्वत र पाल्पाका मुटुरोगीले सेवा लिइरहेका छन् ।