१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शितगंगा नगरपालिकाभित्र १२ कक्षासम्मको शिक्षा निःशुल्क


507
Shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले नगरपलिकाभित्र १४ वटै वडाका विद्यालयमा १२ कक्षा सम्मको शिक्षा निःशुल्क प्रदान गर्ने भएको छ ।

नगरपालिकाको प्रथम कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरपालिका प्रमुख छविलाल पौडृलले जानकारी दिनुभयो ।

यस्तै, वृद्धा अवस्थामा हेरचाह गर्ने घरपरिवारको लागि सहज पुगेहोस भनेर नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मानस्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरिएको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।

यता, सुत्केरी तथा गर्भवती महिला, विपन्न वर्ग र अन्य क्षेत्रका मानिसलाई स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने उदेश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नको लागि २ वटा एम्बुलेन्स खरिद गर्नको लागि कार्यपालीकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनुभयो ।