१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘कबड्डी ४’ ले दुई दिनमा ६ करोड कमायो, बक्स अफिसमा नयाँ रेकर्ड


3.523k
Shares

काठमाडौं । गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘कबड्डी ४’ ले दुई दिनमा ६ करोड रुपैयाँ कमाएर नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ ।

फिल्मलाई देशभरका १ सय ५० हलहरुमा रिलिज गरिएको थियो । फिल्मले शुक्रबार मात्रै २ करोड ९० लाख कमाई गरेको थियो ।

यो कुनै पनि नेपाली चलचित्रको घरेलु बक्स अफिसमा कीर्तिमानी सुरुवाती सुखद कमाइ हो । शुक्रबार र शनिबार सबै तिर हाउसफुल रहेको ‘कबड्डी ४’ ले करिब ६ करोडको कमाई गरेको बताइएको छ । आजसम्म कुनै पनि नेपाली फिल्मले यस्तो कमाई नगरेको जनाएको छ ।

निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउँमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, स्व. जयनन्द लामा र विजय बरालको मुख्य भुमिका रहेको छ ।

फिल्मको कथालाई निर्देशन गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् भने विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियाले निर्माण गरेका हुन् ।