१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


करिब ९० प्रतिशत आरोहीले गरे सगरमाथाको सफल आरोहण


325
Shares

काठमाडौं । १५ औं अन्तराष्ट्रिय सगरमाथा दिवस आइतबार विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।

सो दिवसको मुल समारोह समिति र पर्यटन सँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले एभरेष्टः पिक एफ द वल्र्ड प्राइड अफ नेपाल” नारा सहित सगरमाथा दिवस मनाएको हो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पे्रमबहादुर आलेले सगरमाथा आरोही र विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित व्यक्तिलाई सम्मान गर्नुभयो ।

यो सिजनमा करिब ९० प्रतिशत आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । विभिन्न देशका ३ सय २५ जनालाई सगरमाथा आरोहणको स्वीकृति दिएकोमा ७४ महिला र २५१ जना पुरुष रहेका छन् ।