
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गर्नुभएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा उहाँले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गर्नुभएको हो ।
अर्थमन्त्री शर्माले भन्नुभयो, ‘आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गर्दछु । आर्थिक विधेयक २०७९ सदनमक्ष प्रश्तुत गर्दछु ।’
त्यस्तै, प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७९ पनि सदनमक्ष प्रश्तुत गर्नुभभयो ।
उहाँले भन्नुभयो, ‘आर्थिक विधेयक २०७९ पनि सदनमक्ष प्रश्तुत गर्दछु ।’
प्रतिनिधि सभाको बैठकमा सभामुख अगिनप्रसाद सापकोटाले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल र मान्य अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको उत्तर दिन जेठ १७, १८ र १९ गतेलाई तोक्नुभयो ।
उहाँले उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित संसदीय दलका पदाधिकारीहरुले आ आफ्ना दलका वक्ता मान्य सदस्यहरु नाम बैठक बस्नुभन्दा एक घण्टा अगावै कार्यव्यवस्था शाखा संघीय संसद सचिवालय नयाँ बानेश्वरमा उपलब्धगराउन पनि अनुरोध गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ १७ गते मंगलबार बिहान ११ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्