२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कक्षा १२ को परीक्षा आजबाट सुरु


286
Shares

काठमाडौं । कक्षा १२ को परीक्षा आज सोमबारबाट सुरु हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पुर्ण तयारी पुरा भइसकेको जनाएको छ ।

परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थीहरू सहभागी हुने छन् ।

बिहान ८ बजेबाट शुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ ।

बोर्डले यो वर्ष पनि अनलाईनबाट प्रश्नपत्र पठाउने भएको छ । परीक्षा सुरु हुनु आधा घण्टा अघि प्रश्नपत्र पठाउने र यस्को फोटोकपी परीक्षार्थीहरूलाई बितरण गरिनेछ ।