११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


चैतमा विदेशबाट आएकालाई र्‍यापिड टेस्ट गराउन सरकारको अपील


0
Shares

काठमाडौं, बैशाख ४ । सरकारले चैत्र महिनामा विदेशबाट स्वदेश फर्केकाहरुलाई कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका सबैलाई र्‍यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण गर्न आह्वान गरेको हो ।

मन्त्रालयको सूचनामा चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबैलाई परीक्षणमा आउन भनिएको छ ।

मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई पनि र्‍यापिड टेस्ट गर्न  आग्रह गरेको छ ।