
काठमाडौं । देशको केही स्थानहरुमा सोमबार मेघगर्जन, चट्याङ र हवाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।
बिहान प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, राति मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने र प्रदेश १, बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।
महाशाखाले प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्