१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले लिए सपथ


559
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आज सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रिय सभागृहमा आयोजित समारोहमा केही बेर अघि काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचित अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नु भएको थियो ।

आफूले सपथ लिएलगत्तै मेयर शाहले उपमेयर सुनिता डंगोल, वडाध्यक्षहरू र वडा सदस्यहरूलाई सपथ गराउनु भएको छ ।

मेयर साह र उपमेयर डंगोलले महानगरपालिकामा गएर आजै पद बहाली गर्नु हुने भएको छ । अन्य पदाधिकारीहले पनि आजै पद बहाली गर्नुहुनेछ ।

पद बहालीपछि पहिलो बोर्ड बैठक राखेर मेयर शाहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।