
सर्लाही । विवाहित हिन्दु मैथिल नारीले आज सोमबार बरसाइत अर्थात वटसावित्री पर्व मनाइरहेका छन् । जेष्ठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व तराइ मधेसका नारीले हर्ष उल्लासकासाथ मनाइ रहेका छन् ।
यसैगरी, सर्लाहीको सबै पालिकामा समेत यो पर्व धुमधामका साथ मनाईदै छ ।
सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेष्ठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ ।
जेष्ठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत संकल्प गरेपछि औँसीका दिन निराहार व्रत बस्ने गरिन्छ । आफ्नो बस्ती नजिकको वट वृक्ष अर्थात वरको रुखको फेदमा वर्तालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउने गर्दछन् ।
विवाहित महिलाले मनाउने यो पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अंग बनेको छ । आफ्ना पति सत्यवान्नलाई जगाएर अटल सौभाग्यको वर पाएकी भन्ने पौराणिक कथन छ । वरको रुखमा व्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बाँस हुने मैथिल जनविश्वासअनुसार यो पर्वको संकल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्