१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकका गुनासा सुन्न धनगढीका मेयर हमालले सार्वजनिक गरे ह्वाट्सएप नम्बर


377
Shares

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गर्नु भएको छ ।

उहाँले उपमहानगरपालिकामा सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा सुन्न र सुझाव सल्लाह लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गर्नुभएको छ ।

विकास निर्माणका काममा कतै गलत काम भएमा, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भए कल गरेमा आफु तुरुन्त कारवाहीको प्रक्रियामा जाने मेयर हमालले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।