१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खेलकुद क्षेत्रमा भएका समस्या समाधान गर्ने किसिमको बजेट आयो : अध्यक्ष श्रेष्ठ


169
Shares

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा भएका समस्या निराकरण गर्ने किसिमको बजेट आएको बताउनुभएको छ ।

अध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रले पाउने बजेट घटे पनि खेलाडीको हकमा रहेको जिकिर गर्नुभयो । आगामी आर्थिक वर्षको खेल क्षेत्रको बजेट चालु आर्थिक वर्षको भन्दा २८ करोडले कमी हो ।

खेलकुद क्षेत्रका समस्या निराकरण गरेर खेल क्षेत्रबाट राष्ट्रको गौरव बढाउने, खेलाडीको भविष्य सुनिश्चित र खेल क्षेत्रलाई बिस्तार गर्ने बजेट सकारात्मक रहेको उहाँको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले क्रिकेटलाई प्राथमिकता दिएको तर अन्य सम्भावना भएका खेलको विषयमा भने बजेटले प्राथमिकता नदिएको टिप्पणी गर्नुभयो ।

चालु आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।