
काठमाडौं । साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको ९४ औं जन्मजयन्तीका अवसर पारेर विभिन्न स्रष्टा तथा सनहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।
स्वर्गीय कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानद्वारा काठमामाडौंमा आयोजित २९ औं स्मृति सभामा उनीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । साहित्यकारहरु सनत रेग्मी, प्रेम खत्री र दधिराम सुवेदीलाई क्रमश : २०७७,२०७८ र २०७९ को कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार प्रदान गरियो । उनीहरुलाई २५ हजार राशीको पुरस्कार र सम्मान स्वरुप ताम्रपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी साहित्यकारहरु अच्युतरमण अधिकारी,प्रा.डा. भुवन ढुंगाना,प्रा.डा. उषा ठाकुर र शेषराज शिवाकोटीलाई नेपाली साहित्य सृजनामा पुर्याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको थियो ।

सो अवसरमा सम्मानित एवं पुरस्कृत व्यक्तित्वहरुले स्वर्गीय कुलचन्द्र कोइरालाले नेपाली साहित्य,धर्म र संस्कृतिको क्षेत्रमा पुर्याउनु भएको योगदानकाबारे चर्चा गरेका थिए ।
सो सभामा स्वर्गीय कुलचन्द्र कोइरालाद्वारा लिखित तथा उहाँका सुपुत्र एवं साहित्यकार स्वर्गीय जीवनचन्द्र कोइरालाद्वारा सम्पादित पुस्तक ‘गौरवमय सिन्धुली’ को लोकार्पण गरिएको थियो । उक्त पुस्तकको प्रा.डा सुरेशराज शर्मा र प्रा.डा.लोक बिक्रम थापाले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।
त्यस अवसरमा प्रतिष्ठानको वार्षिक प्रतिवेदन पेश गर्दै प्रतिष्ठानका सचिव विष्णु सापकोटाले साहित्यकार स्वर्गीय कोइरालाको अर्धकदको शालिक कपिलवस्तु जिल्लाको कपिलधाममा निकट भविष्यमै अनावरण गर्न लागिएको जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्