
एजेन्सी । भारतमा बंगाली सिने क्षेत्रकी १८ वर्षकी एक मोडले आत्महत्या गरेकी छन् ।
उनको आत्महत्यासँगै बंगाली सिने क्षेत्रमा ठूलो धक्का लागेको छ । किनकी बंगाली सिने क्षेत्रमा यो चौथो घटना हो । यसअघि केही दिन अघि पनि ३ अभिनेत्रीहरूले आत्महत्या गरेका थिए । ती तीन जना अभिनेत्रीहरूको आत्महत्याको कारण पत्ता नलाग्दै अर्की मोडलले तथा मेकअप आर्टिस्ट सरस्वती दासले आत्महत्या गरेकी छिन् ।
कोलकताको कासबा क्षेत्रमा सरस्वती आफ्नो घरमा झुण्डिरहेको अवस्थामा उनको शव फेला परेको हो । प्रहरीले यस घटनामा अनुसन्धान सुरु गरिसकेको छ । पेशाले मेकअप आर्टीस्ट रहेकी सरस्वती मोडलबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै थिइन् । आइतबार सरस्वती आफ्नो कोठामा पङखामा झुण्डिएको अवस्थामा भेटिएपछि सरस्वतीको माइजुले प्रहरीलाई फोन गरेर बोलाएकी थिइन् ।
सरस्वतीको शवलाई उनको हजुरआमाले पासोबाट निकालेको सरस्वतीको माइजुले बताएकी छन् । सरस्वती आफ्नो हजुरआमासँग एउटै कोठामा सुत्ने गर्थिन् । मध्य राती सरस्वतीको हजुरआमा शौचालय जान उठेकी थिइन् उनी शौचालयबाट फर्केर आउदा सरस्वतीलाई कोठामा नदेखेपछि उनी अर्को कोठामा हेर्न जाँदा उनले आफ्नी नातिनीलाई झुण्डिएको अवस्थामा भेटेकी थिइन् । सरस्वतीको फोनलाई प्रहरीले आफ्नो कब्जामा लिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
अनुसन्धानको क्रममा सरस्वती आफ्नी आामासँग मामाघरमा बस्दै आएकी र आफ्ना आमाबुबा १७ वर्ष देखि छुटै बस्दै आएको पत्ता लागेको छ । सरस्वतीले १० कक्षाबाट आफ्नो पढाइ छोडेकी थिइन् । उनी आफ्नो परिवारिक सम्बन्धका कारण तनाबमा रहेको खुल्न आएको पनि भारतीय संचारमाध्यमले जनाएका छन् । कतिपयले पछिल्लो समय बंगाली फिल्म क्षेत्रमा यस्तो घटना बढेपछि त्यसले फिल्म उद्योगमा गम्भीर धक्का लागेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्