१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज जोकोभिच र नादाल भिड्दै


169
Shares

काठमाडौं । फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा आज मंगलबार दुई उपाधि दावेदार खेलाडीहरु राफाल नादाल र नोभाक जोकोभिच भिड्दै छन् ।

यो खेललाई दुवै खेलाडीले आफ्नो करियरको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण खेल मानेका छन् । तर, दुवै खेलाडी करियरको उत्कृष्ट लयमा भने छैनन् ।

स्पेनिस खेलाडी नादाल २१ उपाधिसहित अहिलेसम्म सबैभन्दा बढी ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीहरुको सूचीमा पहिलो नम्बरमा छन् । सर्वियाका जोकोभिच र स्विट्जरल्याण्डका रोजर फेडेररले समान २० उपाधि जितेका छन् । फ्रेन्च ओपनको मात्रै कुरा गर्ने हो भने नादालले सर्वाधिक १३ पटक उपाधि उचालेका छन् ।

उता, चर्चित खेलाडीहरु डानिल मेद्भेदेभ र स्टेफानोस सित्सीपास चौथो चरणबाटै बाहिरिएका छन् । रुसका मेद्भेदेभलाई क्रोएसियाका मारिन सिलिचले ६–२, ६–३ र ६–२ ले हराउँदा ग्रिसका स्टोफानोसलाई डेनमार्कका होल्गर रुनेले ७–५, ३–६, ६–३ र ६–४ ले पराजित गरे ।