
काठमाडौं । फ्रान्सको पेरिसमा रहेको लुभ्र म्युजियममा महिलाको भेषमा आएका एक ब्यक्ति मोनालियाको पेन्टिङमा केक प्रहार गरेको आरोपमा पक्राउ परेका छन् ।
वृद्ध महिलाको भेषमा ह्वील चेयरमा आएका ती पुरुषले मोनालिसाको पेन्टिङमा केक प्रहार गर्ने बित्तिकै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सो घटनापछि म्युजियममा ती ब्यक्तिलाई हेर्न निकै भीड लागेको र भीड पन्छाउन सुरक्षाकर्मीलाई निकै समय लागेको थियो ।
मोनालिसाको तस्वीरमा केक हान्नु गैह्र जिम्मेवार भन्दै उनलाई कडा कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्