१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कपिलवस्तुमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु


130
Shares

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ जौबारीमा सोमबार बेलुका ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

ना २ क ८१८ नम्बरको पानी ट्याङकरले पैदल हिडिरहेका स्थानीय ५५ वर्षीय महोमद हनिकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बहादुरगञ्ज स्थित शिबराज अस्पतालमा मृत्यु भएको हो ।

ट्याङकर सहित चालकलाई इलाका प्रहरी कार्यालय बहादुरगञ्जले नियन्त्रणमा लिएको छ ।