१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना


598
Shares

काठमाडौं । आज मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम सामान्य सफा रहनेछ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुनसक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपासको न्युन चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहनेछ ।