
एजेन्सी, बैशाख ५ । कोरोना भाइरसको संक्रमणका कारण युरोपभरमा ९० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोनाबाट मृत्यु हुने मध्ये शीर्ष १० मध्ये सात मुलुक युरोपकै छन् ।
उता अमेरिका एक्लै देशमा भने ३४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिका संसारमै सबैभन्दा बढी ज्यान गुमाउने र संक्रमित रहेको देश हो । त्यहाँ ६ लाख ७७ हजारभन्दा बढी संक्रमित छन् ।
विश्वमा हालसम्म कोरोनाबाट एक लाख ४५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ भने २१ लाख ८२ हजारभन्दा बढी संक्रमित भएका छन् ।
कोरोनाबाट मृत्यु हुनेको ६५ प्रतिशतभन्दा बढी हिस्सा युरोपमा मात्र रहेको हो । समाचार संस्था एएफपीले बिहीबारसम्म युरोपभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९० हजार १ सयभन्दा बढी भएको जनाएको हो ।
महादेशका हिसाबले हेर्ने हो भने सबैभन्दा बढी युरोप नै कोरोना भाइरसको सक्रमणबाट प्रभावित रहेको छ । युरोपभित्र सबैभन्दा बढी इटालीमा २२ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ ।
इटालीपछि स्पेनमा १९,३१५, फ्रान्समा १७,९२०, बेलायतमा १३,७२९, बेल्जियममा ४,८५७, जर्मनीमा ४,०५२, नेदरल्याण्ड्स ३,३१५ को मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्