२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रसुवाको गोसाईंकुण्डमा भक्तजनहरुको भीड लाग्दै


403
Shares

काठमाडौं । गंगा–दशहरा पर्वअन्तर्गत रसुवास्थित गोसाइँकुण्डमा स्नान गर्न भक्तजनहरु जान थालेका छन् ।

आज मंगलबारदेखि सुरू भएको गङ्गा–दशहरा विशेष मेला भर्नका लागि दुई सय भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेका छन् ।

यो पर्व अन्तर्गत १० दिनसम्म चल्ने मेलामा आउने यात्रुहरूका लागि भोजन एवं बासस्थानको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायी तयार रहेको होटल व्यवसायी संघ रसुवाले जनाएको छ ।

पवित्र कुण्डमा स्नान र पूजा आराधना गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने र शरीरका रोगव्याधी समेत हट्ने विश्वास रहँदै आएको छ ।

गङ्गा दशहरा पर्वका लागि यस वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ ।