
तुलसीपुर । दाङमा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई सोमबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ का २४ वर्षीय पुजन राज कँवर र घोराही–१५ का २२ वर्षीया विष्णु बुढा मगर रहेका छन् ।
घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित सुवास जिसीको घरमा लागुऔषध (ब्राउन सुगर) ओसारपसार तथा विक्रि वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु माथि खानतलासी गर्दा रातो रंगको प्लाष्टिक भित्र रातो रंगको प्लाष्टिकले बेरेको थान ४ र हरियो रंगको प्लाष्टिकले बेरेको थान १ गरी ६ ग्राम अवैध ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्