
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सन्दर्भिक नहुने बताउनुभएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले प्रस्तुत गरेको आ.व. २०७९/८०को बजेटलाई पपुलिष्ट तथा चुनावी बजेट भन्नु सन्दर्भिक नहुने बताउनुभएको हो ।
उहाँले राज्यको दायित्वको रुपमा किसानलाई पेन्सन योजना, मृगौला प्रत्यारोपण तथा पक्षघात भएका विरामीलाई औषधिउपचारको लागि खर्च, भुमिहिनलाई आवास निर्माण, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षामा वृद्धि र राष्ट्रसेवक कर्मचारीको तलवमा वृद्धि गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले यो बजेटले जनताको आर्थिक तथा सामाजिक स्तरमा अभिवृद्धि गर्न, स्वदेशमा औद्योगिक उत्पादन बढाउन, आयात घटाउन, निर्यात वृद्धि गर्न र पूर्वाधारमा लगानी बढाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्