
काठमाडौं । प्रतिनिधि सभा बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले बजेट वितरणमुखी भएको बताउनुभयो ।
आगामी संघ र प्रदेशको निर्वाचनका लागि कार्यकर्ता केन्द्रीत गरेर बजेट ल्याइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘यो बजेट वितरणमुखी हो भन्ने मलाई लागेको छ । यो बजेट ६ महिना पछि हुने निर्वाचनमा कसरी आफुलाई र आफ्नो कार्यकर्ताहरुलाई इन्गेज गर्न सकिन्छ ? दुई, चार लाख कार्यकर्तालाई कसरी यसबाट केही चिज बितरण गर्न सकिन्छ, भन्ने प्रकारले बनाइएको बजेट मैले बुझेको छु । मनसुन आउन लागेको छ । नदी नियन्त्रणको बारेमा, तटबन्ध मर्मतको बारेमा, बाँधलाई पुर्ननिर्माण गर्ने बारेमा न त अहिले त्यो काम चालु आर्थिक वर्षमा भइरहेको छ, न त अब भविष्यमा त्यसलाई मजबुतीका साथ बनाइन्छ भन्ने यो बजेटले अनुभुति दिन सकेको छैन । जुन अत्यन्तै आपत्तिजनक छ ।’
उहाँले नदी नियन्त्रण, तटबन्ध तथा बाँध निर्माण, पुर्ननिर्माणको विषयलाई बजेटमा प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्