
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रियसभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटसम्बन्धी छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
लप्सीफेदी–रातमाटे, हेटौंडा–दमौली, बुटवल–गोरखपुर ४ सय केभीएको प्रसारण लाइन निर्माण कार्य अगाडि बढाइने कुरा बजेटमा पेश भएको उल्लेख गर्दै उहाँले एमसीसी योजना अन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा हो भनेर प्रश्न गर्नुभयो ।
नेता श्रेष्ठले एमसीसी परियोजना अन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरिएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेत श्रेष्ठले प्रसारण लाइन निर्माण गर्ने कार्य अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव भएको खण्डमा सरकार र अर्थमन्त्री धन्यवादको पात्र रहेको बताउनुभयो । उहाँले सरकारले यस बारेमा स्पष्ट पार्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।
नेता श्रेष्ठले सरकारले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि समेत रहेको बताउनुभयो । उहाँले नेपालको विकासको निम्ति बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन भएको तर बजेटमा राम्रोसँग खुल्न नसकेको बताउनुभयो ।
नेता श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न नसके पूँजीगत खर्च कार्यान्वयन अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले बजेटमा सरकारले मितव्ययिता गुणत्मक ढंगको नीति लिन नसकेको आरोप लगाउनुभयो ।
नेता श्रेष्ठले बजेटमा सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाउनुभयो ।
नेता श्रेष्ठले सार्वजनिक सवारीसाधनमा राज्यको दायित्व के हुन्छ भन्ने बारेमा सरकारले अहिले प्रष्ट नबोलेको भन्दै सार्वजनिक सवारीसाधनको मुल जिम्मेवारी र ठूला पारवाहनसँगको मुल जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्