१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजेट सतोषजनक : रायमाझी


143
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा मंगलबारबाट सरकारले जेठ १५ गते प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल सुरु भएको छ ।

बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गरेका छन् । आगामी आर्थिक वर्षको बजेटको पहिलो दिनको छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले बजेटले कर्णाली प्रदेशलाई छोएर ल्याइएको भन्दै बजेट सतोषजनक रहेको बताउनुभयो ।

उहाँले विपक्षी दलहरुले बजेट राम्रो हुँदा हुँदै पनि विरोध गर्ने प्रक्रिया पूरा गरेको बताउनुभयो । उहाँले विपक्षीले नेपाली कांग्रेसबाहेक अन्य दलहरु परमादेशी दल भएको दाबी गर्नुभयो । उहाँले राजनीतिक दल नसच्चिए जनताले राजनीतिक दललाई अस्वीकार गर्ने परिणाम देखिसकेको बताउनुभयो ।