
फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले देश विकासका लागि नभइ घोषणाका लागि मात्रै बजेट ल्याएको आरोप लगाउनुभयो ।
मंगलबार मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै भट्टराईले अहिलेको सरकार संघीयताबिरोधी भएकोसमेत आरोप लगाउनुभयो ।
उहाँले अहिलेको सरकारले चलाएको प्रदेश सरकारलाई हेर्दा संघीयताकोविरुद्धमा माहोल खडा गरेको भान भएको बताउनुभयो । सदस्य भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट चुनावलाई आफ्नो पक्षमा पार्ने चिन्ताले ल्याएको बताउनुभयो । उहाँले झुटो सपना देखाएर अहिलेको आवश्यक्ता पूरा नहुने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्