
Web Pic
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर ब्रेन्ट क्यु्रड आयलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर हाराहारी पुगेको छ ।
सोमबारको तुलनामा करिब डेढ प्रतिशतले भाउ बढेको हो । यसैगरी डब्लूटीआई क्यु्रड आयलको मूल्य ३ प्रतिशत बढीले बढेर १ सय १९ डलर हाराहारी पुगेको छ ।
युरोपेली संघ (ईयू) अन्तर्गत्का मुलुकहरुले रुसबाट आयात हुने ९० प्रतिशत तेल कटौती गर्न सहमत भएको र तेल उत्पादक मुलुकहरुको संगठन ओपेकले तेल उत्पादन नबढाउने अनुमानसंगै मूल्यमा दवाव परेको विश्लेषण गरिएको छ ।
अहिले विश्वको आपूर्ति श्रृंखलामा समस्या आउनाको मूल कारण नै युरोपेली मुलुकहरुले रुसको तेल आयातमा कटौती गर्नुरहेको छ ।
प्रतिक्रिया दिनुहोस्