
एजेन्सी । भारतीय अभिनेता कात्तिक आर्यन अभिनित फिल्म ‘भुल भुलैया २’ले १ सय करोडको आँकडा पार गरेको छ ।
७५ करोडको लागतमा बनेको फिल्मले ९ दिनमा १ सय करोडको आँकडा पार गरेको बलिउडहंगामाले जनाएको छ । समाचारका अनुसार फिल्मले अहिलेसम्म १ सय २८ करोड रुपैयाँ आम्दानी गरिसकेको छ ।
अनीस बज्मीद्वारा निर्देशित फिल्मले सय करोडको आँकडा पार गरेपछि सक्सेस पार्टीको आयोजना गरेको थियो । पार्टीलगत्तै कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बढाएको खबरले बलिउडमा चर्चा बटुलेको छ ।
यद्यपि स्वयं अभिनेता आर्यन भने आफूले पारिश्रमिक नबढाएको बताउँछन् । ट्वीटरमार्फत् उनले आफ्नो जीवनमा प्रोमोशन भएको तर पारिश्रमिकमा नभएको बताए । साथै उनले आएका समाचार र चर्चालाई आधारहीन भनेका छन् ।
‘भुल भुलैया २’को सफलतापछि आएका खबरमा आर्यले आफ्नो पाश्रिमिक दोब्बर भएको लेखिएको थियो । उनले एउटा १५ देखि २० करोड रुपैयाँ लिने गरेकोमा अब ३५ देखि ४० करोड रुपैयाँ लिन थालेको समाचारमा उल्लेख गरिएको थियो ।
कार्तिक अब छिट्टै नै कृति सेननसँगको फिल्म ‘शहजादा’मा मुख्य भूमिका देखिँदैछन् । यसको आलावा उनी ‘क्याप्टेन इन्डिया’ र ‘फ्रेडी’मा पनि देखिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्