
काठमाडौं । पछिल्लो समय वाणिज्य बैकहरुको कर्जा निक्षेप दुवैमा सुधार आउँदै गएको छ ।
वाणिज्य बैंकहरुले जेठ महिनाको दोस्रो सातासम्म निक्षेप र कर्जा लगानी दुवैमा वृृद्धि गरेका हुन् ।
नेपाल बैकर्स संघले जेठ १३ सम्मको विवरण सार्वजनिक गर्दै निक्षेपमा १३ अर्बको बृद्धि भएको जनाएको हो ।
जेठको पहिलो साता ७ अर्बले बृद्धि भएको निक्षेप दोश्रो साता ६ अर्बले बढेको हो । बैशाख अन्तिम साता ४३ खर्ब ७० अर्ब रहेको निक्षेप पछिल्लो यस अवधिमा ४३ खर्ब ८३ अर्ब पुगेको छ ।
यस्तै कर्जा लगानी सात अर्बले बृद्धि भएको संघले जनाएको छ । बैशाख अन्त्यमा ४१ खर्ब ९१ अर्ब रहेको कर्जा लगानी अहिले ४१ खर्ब ९८ अर्ब पुगेको छ ।
हाल बाणिज्य बैकहरुको औसत सिडी रेसियो ९० दशमलव ४१ प्रतिशत रहेको पनि संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्