२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपति भण्डारी बुधबार बाजुराको बडीमालिका जाने


182
Shares

बाजुरा । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बाजुरा जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी मंगलबार अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुग्नुभएको छ ।

सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल बाजुराको बडीमालिका आउने कार्यक्रमअनुसार बुधबार सुर्खेत आइपुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

राष्ट्रपति भण्डारी बुधबार बिहान बाजुराको बडीमालिका आउने जानकारी आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।

राष्ट्रपति भण्डारी बुधबार बिहान बाजुरा प्रस्थान हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नुभएको छ ।