
काठमाडौं । युक्रेन युद्धको क्रममा रुसले १५ हजार भन्दा बढी युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ ।
दैनिक २ सयदेखि ३ सयसम्म युद्ध अपराध थपिने गरेको युक्रेनले दावी गरेकाे छ । विभिन्न देशका अभियोजनकर्ताहरूले गरेको अध्ययन अनुसन्धानका क्रममा संदिग्ध अपराधीहरूको सूचीमा रुसी सेना, राजनीतीज्ञहरू समावेश भएको पाइएको छ ।
रुसले भने युद्ध अपराधमा आफ्नो संलग्नता नरहेको र नागरिकलाई निशाना नबनाएको दावी गर्दै आएको छ । १५ हजार युद्ध अपराध मध्ये ६ सय भन्दा बढी संदिग्ध अपराधीको पहिचान भएको समेत युक्रेनको तर्क छ ।
८० वटा घटनाविरुद्ध अभियोजन दर्ता गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्