
काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा २१ जनामा मंकीपक्स संक्रमण पुष्टि भएकाे छ । एक जना मंकीपक्स संक्रमितको मृत्यु भएको हाे ।
नाइजेरियामा शंकास्पद ६६ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो । मंकीपक्सबाट मानिसको मृत्यु भएपछि नाइजेरियामा थप सतर्कता अपनाइएको छ । यसअघि कंगोमा ९ जनाको मृत्यु भइसकेको छ ।
कंगोमा यो वर्ष मात्रै ४ सय ६५ संक्रमित फेला परेकोमा ९ जनाको संक्रमणका कारण मृत्यु भएका हो । बांदर र मुसाको सम्पर्कमा रहेकाहरू संक्रमित हुने यो रोग अहिले अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ ।
मंकीपक्स हुनेहरूमा शरीरमा स–साना पानीको फोका आउने, उच्च ज्वरो आउने र शरीर चिलाउने जस्ता लक्षण देखा पर्छन् ।
प्रतिक्रिया दिनुहोस्