१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


182
Shares

धनकुटा । धनकुटामा बुधबार बिहान २ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल धनकुटा नगरपालिका– ६ मा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन राईको मृत्यु भएको हो ।

संखुवासभाको खाँदबारी नगरपालिका–१० घर भई धनकुटा बस्दै आएका २४ वर्षीय राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।