२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


बैतडीमा भरूवा बन्दुक र छालासहित दुई पक्राउ


117
Shares

बैतडी । बैतडीमा भरूवा बन्दुक र छालासहित प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–८ का ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका–४ का २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

उनीहरू दुवैलाई डिलासैनी गाउँपालिका–४ मठैराजस्थित चौसाल जंगल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूको साथबाट एकनाले दुई थान बन्दुक, त्यसमा लाग्ने छर्रा, बारूद, घोरलको जस्तो देखिने टाउको, घोरलको जस्तो देखिने खैरो रंगको २ छाला, १५ किलो मासुसमेत बरामद गरिएको छ ।

उनीहरू प्रहरी नियन्त्रणमा रहेका र वन कार्यालयसँग समन्वय गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।