१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बजेटलाई श्रेयको दौड बनाइनु हुँदैन् : शक्तिबहादुर बस्नेत


117
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गर्नुभएको छ ।

बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उहाँले बजेटलाई श्रेयको दौड बनाइनु नहुने बताउनुभएको हो ।

उहाँले अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका हरेक बुँदाको नियत के हो भनेर सोध्ने छलफलले कतै नपुगिने बताउनुभयो । सत्तारुढ दलका सांसद बस्नेतले प्रतिपक्ष दलका सांसदहरुले पपुलिष्ट बजेट भनेर चर्चा गर्नुको अर्थ नरहेको पनि स्पष्ट पार्नुभयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘हरेक बुँदामा यसको नियत के हो भनेर भन्नुको कुनै अर्थ छैन, यसले हामीलाई कहीँ पु¥याउँदैन । परिणाम पर्खिने धैर्यता हामी सबैले राख्नुपर्छ । किनकी हामीलाई थाहा छ विरासतमा धेरै समस्याहरु छन् र एकै वर्षमा सबै समस्या समाधान हुँदैनन् । त्यो समाधान गर्न एउटा स्पष्ट धाराणका साथ बढ्नुपर्ने दिशामा अघि बढ्नुपर्ने आजको आवश्यक्ता हो । कसले कति श्रेय लिने भन्ने कुरा त्यतातिर श्रेयको विषयमा दौडिने बजेट होइन । हामीले बजेटलाई त्यस्तो बनाइनु हुँदैन ।’

उहाँले उत्पादनवृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रस्तुत गरिएको बताउनुभयो ।