
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।
जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदीले उनीहरुलाई मृत अवस्थामा निकालिएको बताउनुभयो ।
उनीहरुलाई स्काभेटरको प्रयोगबाट बाहिर निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्