
काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।
बुधबार सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उहाँले संकीर्णताको राजनीतिक संस्कारबाट माथि उठ्नुपर्ने बेला भएको बताउनुभएको हो ।
उहाँले दक्षिण एशियामा अन्य देशले गर्न नसकेका कामहरु नेपालले गरेर देखाइसकेको भन्दै अहिले पनि सबै एकजुट भएर देश विकासमा लाग्नुपर्ने बताउनुभयो । राष्ट्रिय सभा सदस्य देवले नयाँ राजनीतिक संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले बजेट संगतीपूर्ण अन्तरसम्बन्ध र संश्लेषण गरेर ल्याएको दाबी गर्नुभयो । उहाँले बजेटले नेपाली अर्थतन्त्रको समस्या पहिचान र समाधान गर्न खोजेको बताउनुभयो । राष्ट्रिय सभा सदस्य देवले देशको मुहानमा कमजोरी छ रहेकोले देशको मुहान फेर्नलाई सबै नेपालीहरु उठ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्