२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


91
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विगतमा हामीले वनलाई धनको रुपमा परिणत गर्न सक्यौ वा सकेनौं भन्ने कुराको समिक्षा गर्दै मुलुकको आर्थिक विकासका लागि त्यसको अधिकतम उपयोग गर्न ढिलाई गर्न नहुने समेत स्पष्ट पार्नुभयो ।

सामूदायिक वन उपभोक्ता महासंघ, नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ‘हरियो वन, नेपाल धन’ भन्ने नारा यथार्थपरक भएपनि यसको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल प्रयोग स्वरुप दोस्रो पटक स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै अव त्यसलाई बचाउँदै देश र जनताको हितका लागि आर्थिक विकास र समृद्धिको दिशामा अघि बढन अति आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा वन, जंगल बढेपनि डढेलो र कटान गरेर विनास हुने गरेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।