
काठमाडौं । देशभर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ४७ जनामा कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार १३ संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशभर ९७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्