
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको कार्यपालिकामा गठबन्धनको तर्फबाट सम्पुर्ण प्यानल निर्वाचित भएको छ ।
बुधबार भएको निर्वाचनमा नेपाली कांग्रेसका ४ नेकपा माओवादी केन्द्रका २ ,नेकपा एकिकृत समाजवादीका १ र राष्ट्रिय जनमोर्चा बाट १ जना गरि ८ जना उम्मेदवार कार्यपालीका सदस्यमा विजयी भएका हुन् ।
कार्यपालिकाको निर्वाचनमा गठबन्धनको तर्फबाट ३४ सदस्य र एमालेको तर्फबाट २८ गरि ६२ जना सदस्य सहभागी थिए श्र १२ वटा वडा रहेको नगरपालिकामा नेकपा एमालेले नगरप्रमुख ,उपप्रमुख सहित ४ वटा वडा जितेको थियो ।
यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले ७,नेकपा माओवादी केन्द्रले १ वडा गरि ८ वटा वडा जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्