२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उच्च ब्याजदर सहित बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक


8.762k
Shares

काठमाडौं । आफ्ना ग्राहकलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले ‘बीओके प्रिमियम प्लस बचत खाता’ सार्वजानिक गरेको छ ।

हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निःशुल्क सुबिधाहरु रहेको यो बचत खाता खोली ग्राहकले लाभ लिन सक्ने बैकले जनाएको छ ।

“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको यो बचत खातामा ग्राहकहरुले ८ दशमलव ०३ प्रतिशतको उच्चतम ब्याजदर पाउनेछन् । साथै, १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यो बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ । ग्राहकहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक, खाताको विवरण, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यो बचत खातामा निशुल्क उपलब्ध हुने पनि बैंकले जनाएको छ ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामा आफ्नो बचत रकममा ग्राहकले उच्चतम् प्रतिफलको लाभ पाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।