
काठमाडौं । माछापुच्छ्रे बैंक र महाराजगञ्जमा रहेका काठमाडौं प्याथल्याव एण्ड डाइग्नोस्टिक सेन्टर तथा ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले ती दुबै स्वास्थ्य संस्थाबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५ प्रतिशत सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई विभिन्न छुट प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।
प्रतिक्रिया दिनुहोस्