१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


260
Shares

काठमाडौं । चितवनको खैरहनी नगरपालिका–९ सिमलटाडीमा बुधबार राति कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने अन्दाजी २१ वर्षीय विश्वास गुरुङको मृत्यु भएको हो ।

जेएच ०१ डिएक्स ७७–३९ नम्बरको भारतीय कारले गुरुङ सवार बागमती प्रदेश–०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

ठक्कर दिने कार चालकलाई इलाका प्रहरी कार्यालय खैरहनी चितवनले नियन्त्रणमा लिएको छ ।